साइबर अपराध समस्याका रुपमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साइबर अपराध समस्याका रुपमा


२६ असार २०७५, मंगलबार


विराटनगर । सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ ।

सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन ।

जष्ट से नो नेपाल नामक संस्थाले सोमबार साइबर अपराध र कानूनी व्यवस्थाका बारेमा फरक उमेर समूहका व्यक्तिलाई जानकारी दिएको थियो । कार्यक्रममा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले साइबर अपराध पछिल्लो समय समस्याका रुपमा आएकाले यसलाई विद्यालयस्तरबाट बालबालिका र सामाजिक अभियानका रुपमा लैजानुपर्ने धारणा व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस