भानुजन्तीको पूर्वसन्ध्यामा कवि गोष्ठी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भानुजन्तीको पूर्वसन्ध्यामा कवि गोष्ठी


२५ असार २०७५, सोमबार


काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्म जयन्तीको पूर्वसन्ध्यामा बानेश्वर सर्जक समाजले कवि गोष्ठीको आयोजना गरेको छ ।

कवि गोष्ठीमा विभिन्न सर्जकहरुले कविताका माध्यमबाट भानुको योग्दानको चर्चा गरे । कार्यक्रममा बाशुदेव त्रिपाठी, कालीप्रसाद रिजाल, तुलसी दिवस, राजेन्द्र सुवेदी, बिष्णुबिभु घिमिरे, तीर्थ थापा, सुरत रावत ‘डोटेली कान्छा’ लगायतले रचना बाचन गरेका थिए । कार्यक्रम समाजका अध्यक्ष महेश प्रसाइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस