घाउ बनेपछि खिल हुन्छ थाहै छ
छामेर हेर कस्तो दिल हुन्छ थाहै छ
बाटो नबिराउनु कहिल्यै, बिराएपछि
जिन्दगी कति मुश्किल हुन्छ थाहै छ
अनौठो नसोच्नु मान्छेको प्रवृतिलाई
सास रहुञ्जेल मंजिल हुन्छ थाहै छ
बिचार गर्नु संघर्षको पहाड चढ्दा
भित्ता मात्र हुन्न डिल हुन्छ थाहै छ
यो विवश नेत्र जोडी ताल बन्न खोज्छ
आँसु जमेर टिलबिल हुन्छ थाहै छ
छाडा नछोड योवनका लज्जांगहरु
पापी अधर पनि चील हुन्छ थाहै छ