विश्वकपको क्वाटरफाइनल आजदेखि, पहिलो खेलमा फ्रान्स र उरुग्वे प्रतिष्पर्धा गर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वकपको क्वाटरफाइनल आजदेखि, पहिलो खेलमा फ्रान्स र उरुग्वे प्रतिष्पर्धा गर्दै


२२ असार २०७५, शुक्रबार


एजेन्सी । आजदेखि विश्वकप फुटलबलको क्वाटरफाइनल सुरु हुँदैछ ।

क्वाटरफाइनलको पहिलो खेलमा फ्रान्स र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ।

रसियाको निज्हनी नोभ्गोरोड रंगशालामा बेलुकी ७ बजेर ४५ मिनेटमा खेल शुरु हुनेछ ।

फ्रान्स एक पटकको विश्वकप विजेता हो भने उरुग्वे २ पटकको विश्वकप विजेता हो । फ्रान्सले सन् १९९८ को विश्वकप जितेको थियो ।

भने उरुग्वेले सन् १९३० र १९५० को विश्वकपको उपाधि उचालेको थियो । सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको उरुग्वे सन् २०१४ को विश्वकपमा प्रिक्वाटरफाइनलबाटै बाहिरिएको थियो । फ्रान्स सन् २०१० को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

फ्रान्सले विश्वकपको प्रिक्वाटरफाइनलमा अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

फ्रान्सले समूह चरणको खेलमा भने अष्ट्रेलियालाई २–१ ले, पेरुलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

समूह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो ।

उरुग्वेले प्रिक्वाटरफाइनलमा पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको थियो । समूह चरणको सबै खेलमा उरुग्वेले जित हात पारेको थियो ।

आफ्नो पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले, दोस्रो खेलमा साउदी अरबलाई पनि १–० गोलअन्तरले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा भने उरुग्वेल आयोजक रसियालाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस