वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

वैकल्पिक विमानस्थलको विरोधमा नारायणपुरवासी


१७ असार २०७५, आइतबार


तुलसीपुर । सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ । तुलसीपुरमा विमानस्थल हुँदाहुँदै वैकल्पिक विमानस्थलको खोजी गर्नु उचित नभएको स्थानीयवासी कमल ओलीको भनाइ छ ।

तुलसीपुरको टरिगाउँ विमानस्थललाई स्तरवृद्धि गरी हवाई सेवा नियमित बनाउनुपर्ने ठाउँमा वैकल्पिक विमानस्थल बनाउने नीति अगाडि बढाउनु औचित्यपूर्ण नभएको उनीहरुको भनाइ छ । उनीहरुले वैकल्पिक विमानस्थल निर्माणका लागि जग्गा नदिने समेत बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस