गजल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गजल


प्रशासन विशेष ब्युरो

१६ असार २०७५, शनिबार


लडे विरलै कोही अरुको अधिकार निम्ति ।
ओढेर खोल हिँड्यो ब्वाँसो सिकार निम्ति ।।

फकाइ फुलाई निरीहहरूलाई भन्यो उसले ।
गर्यो क्रान्ति पीडा पायो प्रतिकार निम्ति ।।

भोकै प्यासै गरेको क्रान्ति उ भुल्यो भुसुक्क ।
बन्यो ऊ छेपारो दरवारको परिकार निम्ति ।।

अरुको चेहरा देखाउन सक्छन् यी जनले ।
जुक्ति सरल आफू लुक्नुपर्ने छविकार निम्ति ।।

एकै वचनमा लागेर लाम स्वेच्छा वा दबाबमा ।
ठगिए विचारा गरेर त्यो बाटो अंगिकार निम्ति ।।

प्रतिक्रिया दिनुहोस