पार्टीको नियन्त्रण सरकारमाथि हुनु गलत भएको उपनेता गच्छदारको भनाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पार्टीको नियन्त्रण सरकारमाथि हुनु गलत भएको उपनेता गच्छदारको भनाइ


१४ असार २०७५, बिहिबार


विराटनगर । काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गच्छदारले सो कुरा बताएका हुन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनु पर्नेमा उनले जोड दिएका छन् ।

उनले २४० वर्ष लामो राजतन्त्र समाप्त गरी संघीय गणतन्त्र ल्याएको र यही सर्वमान्य व्यवस्था भएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला भएका द्विपक्षीय सहमति कार्यान्वयन भएमा त्यो राष्ट्रको हितमा हुने काँग्रेस नेता गच्छदारले बताएका छन् ।

सरकारले जनताको सुुविधाका लागि यातायातमा कायम सिण्डिकेट हटाएकामा प्रशंसा गर्दै जनहितका कार्य सरकारबाट हुनुपर्ने नेता गच्छधारको धारणा छ ।

गलत कार्य गर्ने निर्माण व्यवसायीहरुको भौतिक निर्माण मन्त्रालयले कारबाही गरी ठेक्का रद्द गर्नुपर्ने उनको भनाइ छ ।

उनले आगामी भदौ मसान्तसम्ममा काँग्रेस केन्द्रीय कार्यसमितिले विधान संशोधन गरी लोकतान्त्रिक फोरमसँग भएको सहमति कार्यान्वयनमा लाने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस