एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा


१४ असार २०७५, बिहिबार


जकार्ता । एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् ।

राजधानी जकार्तामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक राष्ट्र इन्डोनेसियाको एसियन गेम समूहले सो जानकारी दिएको हो ।

एसियन गेम आगामी अगष्ट १८ देखि २ सेप्टेम्बरसम्म इन्डोनेसियामा आयोजना गरिएको छ । सो खेलकूदका तीन खेल क्यानोइङि, रोइङ र बास्केटबलमा दुवै कोरियाले संयुक्त टिम निर्माण गर्न लागेका बताइएको हो ।

यसका साथै उक्त गेमको उद्घाटन र समापनका लागि आयोजना गरिने समाराहहरुमा पनि दुई देशले संयुक्त रुपमा मार्च गर्ने जनाएका पनि आयोजकहरुले बिहीबार जानकारी गराएका छन् ।

विगतका साढे छ दशकदेखि सत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देश अहिले आएर नजिकिएका छन् । यसकारण पनि विश्वलाई सकारात्मक सन्देश दिन यस्तो निर्णय गरिएको हुनसक्ने बताइएको छ ।

तर यी दुई देशका तर्फबाट भने केही औपचारिक जानकारी गराइएको छैन । रासस/ एफपी

प्रतिक्रिया दिनुहोस