सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा


१० असार २०७५, आइतबार


चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहो छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन्। उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेको बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन् ।

शनिबार काठमाडौं फर्किने भनिए पनि उनी फर्केका छैनन् ।रासस

प्रतिक्रिया दिनुहोस