गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


९ असार २०७५, शनिबार


जुन दिन ओत लाग्ने सानो झुपडी हुनेछ
बा भन्नु हुन्छ जिन्दगी जस्तै जिन्दगी हुनेछ

हतियार र बारुदको कोखमा हुर्किएकाले
कहिले सोचिन आमाले छोरा कवि हुनेछ

एउटै घरका दुइटा भित्ता दुइटा देशका भए
लाग्छ वर्र्षाैंदेखिको मित्रतामा दुश्मनी हुनेछ

न्यायाधीशज्यू कानुनविरुद्ध उजुरी पर्याे
भन्नुस् कसको हातमा हतकडी हुनेछ

रात ढल्दै गएपछि प्यालाहरूसँग मुस्कुराउँदै
प्रियाले भन्छिन् नपिउनुस् अब बढी हुनेछ

Tags :
प्रतिक्रिया दिनुहोस