आफैँलाई गोली हान्न लगाउने श्री निवासाचार्य ५ हजार धरौटीमा छुटे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आफैँलाई गोली हान्न लगाउने श्री निवासाचार्य ५ हजार धरौटीमा छुटे


८ असार २०७५, शुक्रबार


विराटनगर । आफैँलाई गोली हान्न लगाउने हिन्दु धर्मगुरु श्री निवासाचार्य ५ हजार धरौटीमा छुटेका छन् । मोरङ जिल्ला अदालतले शुक्रबार उनलाई ५ हजार धरौटीमा रिहा गरेको हो ।

निवासाचार्याले हिन्दु धर्मको बचाउका लागि भन्दै आफैँले आफैँलाई गोली हान्न लगाएका थिए । उनलाई प्रहरीले वैशाख २४ गते पक्राउ गरेको थियो ।

गत चैत २५ गते राति शौच गर्न निस्किएको समयमा उनीमाथी विराटनगरमा गोली प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस