प्रहरी नै मिच्छन् ट्राफिक नियम, डिआइजीकै गाडी सडकपेटीमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी नै मिच्छन् ट्राफिक नियम, डिआइजीकै गाडी सडकपेटीमा


८ असार २०७५, शुक्रबार


काठमाडौं । नियम मिच्ने वा अपराध गर्नेलाई कानुनी दायरामा ल्याउनु प्रहरीको दायित्व हो । यसकारण पनि प्रहरी कानुनको परिपालना गराउन सजक हुनुपर्छ । तर, विहिबार सिंहदरवार परिसरभित्रको दृष्य हेर्दा लाग्छ– प्रहरी कानुनको परिपालना गराउन सजक छैनन् । बरु, आफै कानुन मिचिरहेका छन् ।

विहिबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालयको भवनअगाडिको सडक पेटीमा नेपाल प्रहरीका डिआइजी मनोज नेउपानेले चढ्ने गरेको बा.१ झ. ७९४६ नम्बरको गाडी पार्किङ गरियो । गाडीले मन्त्रालयको भवनअगाडिको सडक पेटी पूरै छोपिएको थियो ।

हेर्नुस् तस्बिर


नेपाल प्रहरीका प्रवक्ता शैलेन्द्र थापा सडकपेटीमा गाडी पार्किङ गरिनु गल्ती भएको बताउँछन् । ‘आम मानिस मात्र होइन, नेपाल प्रहरीले पनि गल्ती गरे कारबाही हुन्छ,’ उनले भने । गाडी चालकले सडकपेटीमा पार्किङ गरेकोबारे बुझ्ने उनले बताए ।

ट्राफिक नियम मिच्नेलाई न्यूनतम एक हजार जरिवाना हुने प्रावधान छ ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा नै कर्मचारीका हाकिम तथा मन्त्रीहरुले नियमको धज्जी उडाउँछन् भने यिनिहरुबाट आम नागरिकले के सिक्ने ?

Tags :
प्रतिक्रिया दिनुहोस