चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चीन भ्रमण उत्साहजनक भइरहेको छ : महासचिव पौडेल


८ असार २०७५, शुक्रबार


बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन् ।

आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “अब ढिलोमा सात वर्षमा काठमाडौंमा रेलमार्ग सञ्चालन हुन्छ ।”

महासचिव पौडेलले पर्यटन, ऊर्जा, सडक सञ्जाललगायत विभिन्न विषयमा चीनसँग सहमति हुने बताउँदै चीन र भारतसँगको समान सम्बन्धबाट नेपालको विकास सम्भव हुने धारणा व्यक्त गरे ।

उनले भने, “दुई पार्टीबीचको एकताले केहीलाई विचलित बनाएको छ, त्यसैले उनीहरुले ठाउँ खोजिरहेका छन् ।

महासचिव पौडेलले मुलुक राजनीतिक स्थिरता र विकासको चरणमा छ भन्दै यसबाट मुलुकले दिगो लाभ हासिल गर्दा समृद्धि प्राप्त हुन्छ बताए ।

बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन शिलान्यासका लागि उनी आज बुटवल आएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस