कांग्रेस जिल्ला सभापतिहरूको भेला सकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेस जिल्ला सभापतिहरूको भेला सकियो


८ असार २०७५, शुक्रबार


काठमाडौं । १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरूको भेला सम्पन्न भएको छ । भेलाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ । सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने जिल्ला सभापतिको भेलाले चेतावनी दिएको छ ।

कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजिओमाथि नियन्त्रणकारी रबैया अपनाएको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा भनिएको छ, ‘वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।’

भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

मूल्यबृद्धिबारे प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु र विद्यार्थीहरूको प्रदर्शनमा दमन गरिनु सरकारको जनविरोधी चरित्र रहेको कांग्रेसको निष्कर्ष छ ।

घोषणापत्रमा भनिएको छ, ‘कांग्रेस सुर्खेतको जिल्ला कार्यालयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटना फेरि दोहोरिए सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिन्छ ।’ भेला तीन दिनसम्म चलेको हो ।

प्रतिक्रिया दिनुहोस