सुन तस्करी प्रकरण : रेस्टुरेन्ट व्यवसायी अकबर शाह पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुन तस्करी प्रकरण : रेस्टुरेन्ट व्यवसायी अकबर शाह पक्राउ


८ असार २०७५, शुक्रबार


पक्राउ

काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित विशेष समितिले साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा रेस्टुरेन्ट व्यवसायी अकबर शाहलाई पक्राउ गरेको छ । ललितपुरको लबिम मलमा उनको रेस्टुरेन्ट छ ।

तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले शाहलाई नियन्त्रणमा लिइएको समितिले जनाएको छ । समिति स्रोतका अनुसार उनीमाथि सोधपुछ भइरहेको छ ।

यसअघि प्रहरीले तस्करी प्रकरणमा प्रतिवादी बनाइएका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस