कुख्यात लुटेरा समात्न प्रहरीले गोली चलायो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कुख्यात लुटेरा समात्न प्रहरीले गोली चलायो


प्रशासन विशेष ब्युरो

७ असार २०७५, बिहिबार


काठमाडौं । बिहीबार साँझ काठमाडौंको मुलमानीमा प्रहरीले लुटेरा समात्न गोली चलाएको छ । डलर देखाएर लुट्ने कुख्यात लुटेरा अमर तामाङलाई समात्न प्रहरीले गोली चलाएको हो ।

महागनरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएको हो । उनको दाहिने खुट्टामा दुईवटा गोली लागेको छ । अहिले उनको बीर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका तामाङलाई प्रहरीले मुलपानीको अर्याल गाउँ नजिकै (जम्मुडाँडा) भन्ने ठाउँमा गोली हानेको हो। अबैध डलरसहित हिँडिरहेको सुराकीको आधारमा महानगरीय मशाखाकाको टोली तामाङलाई पक्राउ गर्न मुलपानी पुगेको थियो। प्रहरीलाई देख्ने बित्तिकै भाग्न खोजेपछि प्रहरीले गाेली चलाएको हो। उनलाई पक्राउ गरिएको स्थानमा हतियारसमेत भेटिएको जनाएको छ ।

केही दिन अघि मात्रै डलर साटि दिने भन्दै १९ लाख लुटेर फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस