सालकको खपटासहित तीन पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सालकको खपटासहित तीन पक्राउ


७ असार २०७५, बिहिबार


काठमाडौं । सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार दिउँसो अष्टनारायण हल नजिकबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ्गका २० वर्षीय सन्जय जिसी, २६ वर्षीय प्रमोद आले मगर र २६ वर्षर्कै नारायण थापा रहेका छन् ।

पक्राउ गरिएका तीनै जनालाई आवश्यक कार्वाहीका लागि सालकको खपटासहित जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस