संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संस्कृतिविद् जोशीलाई ‘बेबिलोन स्रष्टा सम्मान’


६ असार २०७५, बुधबार


काठमाडौं । बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौँले शताब्दिपुरुष एवं इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘बेबिलोन स्रस्टा सम्मान २०७५’ बाट सम्मान गर्ने निर्णय गरेको छ ।

१५ हजार ५५५ नगद राशि तथा ताम्रपत्रसहितको ‘बेबिलोन स्रस्टा सम्मान २०७५’बाट शताब्दी पुरुष जोशीलाई सम्मान गर्ने निर्णय गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताए ।

इतिहास तथा संस्कृतिको प्रवद्र्धन तथा संरक्षणमा शताब्दी पुरुष जोशीले पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै उनलाई सो सम्मान गर्न लागिएको हो ।

बेबिलोन स्कुल बेलायत सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट स्थापित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल अवार्ड, आइएसए) २०१५–२०१८ बाट पुरस्कृत विद्यालय हो ।

विद्यालयले यही असार १० गते एक कार्यक्रमको आयोजना गरी शताब्दी पुरुष जोशीलाई सो सम्मान प्रदान गर्ने प्रिन्सिपल राईले बताए ।

सोही दिन विद्यालयले मौलिक लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोस्रो उपत्यकाव्यापी राष्ट्रिय नृत्य तथा वाद्यवादन प्रतियोगितासमेत आयोजना गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस