लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर


६ असार २०७५, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. वि.सं.२०७५ जेठमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
— एपीएफ क्लब ( एपीएफले उपाधिसहित २० लाख रुपियाँ प्राप्त गरेको थियो भने त्रिभुवन आर्मी क्लब उपविजेता बनेको)

२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच चारबुँदे सहमतिपत्रमा कहिले हस्ताक्षर भएको हो ?
— सन् २०१८ जुन १२ (सहमतिपत्रमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्धको वाचा गरिएको छ । साथै, परमाणु निशस्त्रीकरणका लागि नोबीच सहमति भएको थियो ।)

३. वि.सं. २०७५ जेट २९ को संवैधानिक परिषद् बठकले प्रधानन्यायाधीशमा कसलाई सिफारिस ग-यो ?
— कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी

४. रुसमा सञ्चालित २१ औँ विश्वकप फुटबल प्रतियोगितामा कति राष्ट्रको सहभागिता रहेको छ ?
— ३२
 सन् २०१८ जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुने प्रतियोगिता अवधिमा ६४ खेल खेलिन्छन् ।
 विभिन्न ११ सहरका १२ रङ्गशालामा खेल आयोजना गरिएको,
 प्रतियोगितामा ७३६ खेलाडीको सहभागिता रहेको,
 कुल पुरस्कार ४० करोड डलर वितरण गरिने यस प्रतियोगितामा प्रथम हुनेलाई तीन करोड ८० लाख, उपविजेतालाई दुई करोड ८० लाख, तृतीय हुनेलाई दुई करोड ४० लाख, चतुर्थ हुनेलाई दुई करोड २० लाख, क्वाटरमा पराजित हुनेलाई एक करोड ६० लाख, प्रिक्वाटरमा पराजित हुनेलाई एक करोड २० लाख र समुह चरणमा हार्नेलाई ८० लाख डलर प्रदान गरिने छ ।
 प्रतियोगितामा सहभागि ३२ राष्ट्र :- 

युरोपः रुस, बेल्जियम, जर्मनी, इङ्ल्याण्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्विया, फ्रान्स, पोर्चुगल, स्वीट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क
एसिया अष्ट्रेलिया : इरान, दक्षिण कोरिया, जापान, साउदी अरेयिबा र अस्ट्रेलिया
अफ्रिका : नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्को
उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका, र पनामा
दक्षिण अमेरिका : ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्विया र पेरु

५. रुस विश्वकपको पहिलो गोल गर्ने खेलाडी को हुन् ?
— रुसी मिडफिल्डर युरी गाजिन्स्की ( सन् २०१८ मा भएको उद्घाटन खेल (रुस र साउदी अरेबियाबीच भएको) मा उनले सो गोल गरे । उद्घाटन खेलमा रुस ५ -० गोल उन्तरले विजयी भयो ।)

६. सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?
— अमेरिका क्यानडा र मेक्सिको (संयुक्त रुपमा)
(सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ ।)

७. हिउँ चितुवा पाइने विभिन्न राष्ट्रका वन, वातावरण र जलवायु परिवर्तन मन्त्रीहरुको सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ?
— किर्गिस्तानको विस्केक

८. नेपालको कुन ठाउँ हिम चितुवा अनुसन्धना केन्द्र निमौण गरिने भएको छ ?
— ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र

९. प्रधानमन्त्री चीनको छ दिने औपचारिक भ्रमणका सन्दर्भमा कहिले त्यसतर्फ प्रस्थान गर्नुभयो ?
— वि.सं. २०७५ असार ५

१०. वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन कहिले भएको हो ?
— वि.सं. २०७५ असार ४ (२०१० साल पुस ४ मा गोखाको पण्डित गाउँ लिगलिगमा जन्मनुभएकका डा. देवकोटाले लामो समयसम्म वीर असपतालमा न्युरो सर्जन भएर काम गर्नुभएको थियो । करिब २५ वर्ष वीर अस्पतालमा सेवा गर्नुभएका डा. देवकोटाको नेतृत्वमा वीरमा सन् १९८९ मा स्नायु शल्यचिकित्सा विभाग स्थापना भएको थियो । सात महिना स्वास्थ्य मन्त्री समेत हुनुभएका देवकोटाले वीरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) स्थापना गर्नुभएको हो ।
एसियाकै अब्बल न्युरो सर्जन डा. देवकोटाले करिब ३६ वर्ष लामो चिकित्सा सेवामा झण्डै ३५ हजार व्यक्तिको शल्यक्रिया गर्नुभएको थियो ।

११. नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा नेपाल र भारतका अधिकारीबीच सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ?
—वि.सं. २०७५ असार २

१२. सरकारद्वारा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० का  लागि प्रमुख साझेदार कसलाई बनाइने भएको छ ?
— गैर आवासिय नेपाली महासङ्घ (एनआरएन)

१३. राजधानी लगायत नेपालका विभिन्न भागमा धमिलो वर्षा कहिले भएको हो ?
— वि.सं. २०७५ असार १

१४.वान बेल्ट वान रोड (ओवीओआर) समझदारीपत्रमा नेपाल र चीनका प्रतिनिधिद्वारा कहिले हस्ताक्षर गरियो ?
— वि.सं. २०७४ वैशाख २९ (ओवीओआर परियोजनामा हस्ताक्षर गर्ने सम्बन्धमा वि.सं. २०७४ वैशाख २५ को मन्त्रिपरिषदका बैठकले निर्णय गरेको थियो ।)

१५. नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको संसद् अधिवेशन कुन हो ?
— वि.सं. २०७३ वैशाख २१ देखि वि.सं. २०७४ जेठ ४ सम्म चलेको अधिवेशन (३८१ दिनसम्म चलेको अधिवेशन)

१६. ‘सेम डे टुरिष्ट’ भन्नाले के बुझिन्छ ?
— एक रात बास नबस्ने अर्थात जुन दिन आयो त्यसै दिन फर्किने पर्यटक

१७. नेपालमा राष्ट्रिय आविस्कार केन्द्रको अवधारणा लयाउने व्यत्तिः को हुन् ?
— महावीर पुन

१८. संयुक्त अरब इमिरेट्स (युएई)ले औपचारिक रुपमा काठमाडौंमा आफ्नो राजदुतावास कहिले स्थापना ग-यो ?
— वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)

१९. पृथ्वीको वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा कति रहेको छ ?
— ०.०३ प्रतिशत

२०. नेपालको कुन स्थानमा चमेरो संरक्षण केन्द्र रहेको छ ?

देवानगढिया, कपिलवस्तु

विषयगत प्रश्नोत्तर

१. नेपालमा के- कस्तो पदमा नियुक्ति हुनु अघि संसदीय सुनुवाई हुने व्यवस्था छ ?
नेपालको संविधानको धारा २९२ अनुसार नेपालमा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने देहायबमोजिमको पदमा नियुक्ति हुनु अघि संसदीय सुनुवाई हुने व्यवस्था छ :
क. प्रधानन्यायाधीशको पद,
ख. सर्वोच्च अदालतका न्यायाधीशको पद,
ग. न्यायपरिषदका सदस्यको पद,
घ. संवैधानिक निकायको प्रमुख तथा पदाधिकारीको पद,
ङ. राजदूतको पद,
संसदीय सुनुवाईका लागि सङ्घीय संसदका दुवै सदनका सदस्य रहने गरी १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने व्यवस्था छ ।

२. शिक्षा विभागका महानिर्देशकको काम कर्तव्य र अधिकार केके हुन् ? लेख्नुहोस् ।
शिक्षा नियमावली, २०५९ अनुसार शिक्षा विभागका महानिर्देशकको काम कर्तव्य र अधिकार निम्न छन् :
– शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयलाई आवश्यक निर्देशन दिने ,
– शिक्षा विभागका निर्देशकको काममा समन्वय कायम गर्ने,
– शैक्षिक योजना तथा कार्यक्रम कार्यान्वयन गर्न आवश्यकताअनुसार समिति, उपसमिति वा कार्यटेली गठन गर्ने,
– शिक्षकको प्रशासन, व्यवस्थापन तथा शैक्षिक विकाससम्बन्धी कार्य गर्ने गराउने,
– विद्यालयको शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने गराउने,
– शिक्षा मन्त्रालयबाट तय गरिएका नीति नियम कार्यान्वयन गर्ने गराउने,
– शिक्षा विभागद्वारा सञ्चालित शैक्षिक योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने र प्रत्येक दुई महिनामा सोको प्रतिवेदन शिक्षा मन्त्रालय तथा सम्बन्धित निकायमा पठाउने,
– माध्यमिक शिक्षा, आधारभूत शिक्षा तथा प्राथमिक शिक्षा र शिशु विककास केन्द्रको कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने,
– शिक्षा विभागका निर्देशक तथा जिल्ला शिक्षा अधिकारीका कामको  निरीक्षण तथा मूल्याङ्कन गर्ने,
– विद्यालयमा आर्थिक व्यवस्था पारदर्शी तथा सुनिश्चित गर्न वस्तुगत आधार तथा मापदण्ड बनाई लागू गर्ने गराउने,
– उच्च माध्यमिक विध्यालयलाई नेपालसरकारबाट उपलब्ध गराइएको रकमको व्यवस्थापन गर्ने,
– विद्यालयमा अध्यापन गर्न चाहने विदेशी स्वयंसेवकको कार्य क्षेत्र तोक्ने तथा निजको कार्यको सुपरीवेक्षण तथा अनुगमन गर्ने गराउने,
– शिक्षा मन्त्रालयले तोकेबमोजिमका अन्य काम गर्ने गराउने ।


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस