इजिप्टलाई ३-१ले हराउँदै रुस दोस्रो चरण नजिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इजिप्टलाई ३-१ले हराउँदै रुस दोस्रो चरण नजिक


६ असार २०७५, बुधबार


एजेन्सी । विश्वकप फुटबल २०१८ को आयोजक राष्ट्र रुस समूह चरणको आफ्नो अर्को खेलमा विजयी हुँदै दोस्रो चरण नजिक पुगेको छ।

इजिप्टमाथि रुसले ३-१ ले जित हात पारेको थियो । यसअघिको आफ्नो पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५-० ले हराएको थियो।

यसअघि रुसका लागि डेनिस चेरीसेभ र एरटेम ज्युबाले गोल हानेका थिए।

बुधवार हुने खेलमा साउदी अरेबियाले युरुग्वेलाई पराजित गर्न सकेन भने रुस दोस्रो चरणमा प्रवेश गर्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ।

मंगलवार आफ्नो प्रतिद्वन्द्वी टोलीलाई हराउँदै सेनेगल यो विश्वकपको समूह चरणको पहिलो खेल जित्ने पहिलो अफ्रिकी देश बनेको थियो।

यसअघि मंगलवारकै अर्को खेलको जापानले कोलम्बियाविरूद्ध आश्चर्यजनक २१ गोल अन्तरले जित निकालेको थियो।

यो विश्वकप अन्तर्गत पहिलो पटक आफ्ना सदस्यले रातो कार्ड पाएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो।

प्रतिक्रिया दिनुहोस