घुसकाण्डमा तानिए उपसचिव र अधिकृत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुसकाण्डमा तानिए उपसचिव र अधिकृत


५ असार २०७५, मंगलबार


अख्तियार

काठमाडौं । बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभाग बबरमहल काठमाडौंमा कार्यरत नासु जुनेस सापकोटाले कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको काण्डमा सोही कार्यालयका उपसचिव र अधिकृतको समेत मिलेमतो रहेको खुलेको छ ।

फर्मको नवीकरणका लागि घुस लिएका सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा विभागका निर्देशक समेत रहेका उपसचिव पुरुषोत्तम सुवेदी र शाखा अधिकृत रामहरी पोखरेलको समेत मिलेमतो देखिएकाले उनीहरुलाईसमेत प्रतिवादी बनाई मंगलबार मुद्दा बिशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस