जापानसँग कोलम्बिया २–१ ले पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जापानसँग कोलम्बिया २–१ ले पराजित


५ असार २०७५, मंगलबार


काठमाडौं । विश्वकप समूह ‘एच’ को पहिलो खेलमा जापानसँग कोलम्बिया २–१ रनले पराजित भएको छ ।

जापानका स्निजी कागावाले छैठौं मिनेटमा पेनाल्टीमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा कोलम्बियाका जुआन फर्नान्डो क्विन्टेरो गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर ७३ औं मिनेटमा जापानका युया ओसाकाले एक गोल गर्दै टीमलाई बिजयी बनाए ।

कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए ।

समूह चरणको दोस्रो खेलमा आगामी १० गते राति राति पौने ९ बजे जापानले सेनेगलसँग र पौने १२ बजे कोलम्बियाले पोल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस