पूर्वराजा ज्ञानेन्द्रद्वारा डा. देवकोटा प्रति समवेदना प्रकट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वराजा ज्ञानेन्द्रद्वारा डा. देवकोटा प्रति समवेदना प्रकट


५ असार २०७५, मंगलबार


काठमाडौं । वरिष्ठ न्यूरो सर्जन एबं पुर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाको निधनमा पुर्व राजा ज्ञानेन्द्र शाहले गहिरो समवेदना प्रकट गरेका छन् ।

उनले आजै प्रमुख स्वकीय सचिव पशुपतीभक्त मर्हजन मार्फत डा. देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पतालमा उनकी धर्मपत्नी डा. मधु देवकोटा दीक्षित एवं छोरीहरुलाई समवेदना प्रकट गर्दै पुर्व राजा ज्ञानेन्द्रका तर्फबाट शोक सन्देश दिएका हुन् ।

पुर्व राजा ज्ञानेन्द्रले डा. देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट गरेको स्वकिय सचिव फडीन्द्र पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस