पूर्पक्षका लागि टिपर चालक जेल चलान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्पक्षका लागि टिपर चालक जेल चलान


५ असार २०७५, मंगलबार


भक्तपुर । तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

गत जेठ ९ गते सूर्यविनायक नगरपालिका–९ पलाँसेमा बनेपाबाट काठमाडौं तर्फ आइरहेको बा ३ ख ६६७४ नं को टिपरले सोही दिशाबाट आइरहेको बा ५६ प १२२७ नं को स्कुटरलाई ठक्कँर दिँदा स्कुटर चालक हरिबहादुर कटुवाल तथा पछाडि यात्रा गर्ने सविता घिमिरे र अरविन घिमिरेको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सो घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले चालक सुचिकारलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ (२) बमोजिम लापरर्बाहीपूर्वक सवारी चलाइ ज्यान लिएकोमा सोही नं. बमोजिम सजायको माग दाबीसहित जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेको थियो ।

सरकारवादी सो मुद्दामा पीडितको पक्षबाट जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सहायक जिल्ला न्यायाधिवक्ता भिमसेन काफ्ले र अधिवक्ता किरण न्यौपाने तथा प्रतिवादी सुचिकारका तर्फबाट अधिवक्ता कुमारप्रसाद आचार्यले बहश गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस