काँग्रेस जिल्ला सभापतिहरुको भेला हेटौँडामा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेस जिल्ला सभापतिहरुको भेला हेटौँडामा


५ असार २०७५, मंगलबार


हेटौँडा । आजदेखि मकवानपुरको हेटौँडामा नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शुरु हुँदै छ ।

भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

यसअघि सोमबार साँझ पार्टी सभापति देउवाको अध्यक्षतामा हेटौँडामा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. शशांक कोइरालाले भेलामा छलफल गरिने संगठन, विधान र समसामयीक मुद्धाबारे जिल्लामा पठाइएको परिपत्र र भएका छलफलका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस