सरकारी कर्मचारीसहित ७१ जनाविरुद्ध आरोपपत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी कर्मचारीसहित ७१ जनाविरुद्ध आरोपपत्र


५ असार २०७५, मंगलबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी र सार्वजनिक जग्गा गैरकानुनी रुपमा विभिन्न व्यक्तिका नाममा दर्ता गराएको भन्दै धादिङका सरकारी कर्मचारीसहित ७१ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता गरेको छ ।

अख्तियारले मालपोत, नापी र वन कार्यालयका कर्मचारी र सामुदायिक वनका पदाधिकारीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

विभिन्न उजुरीका आधारमा अनुसन्धान गर्दा आरोपीले साविकको गोगनपानी गाविस–६, स्थित कि.नं.४९ को २१५ रोपनी, १४ आना र ३ पैसा क्षेत्रफलको जग्गासहित अन्य सरकारी र सार्वजनिक जग्गा विभिन्न व्यक्तिका नाममा गैरकानुनी रूपमा दर्ता पुष्टि भएको अख्तियारका सहसचिव एवम् प्रवक्ता रामेश्वर दंगालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आरोपीले सरकारी तथा सार्वजनिक जग्गाहरू गैरकानुनी तरिकाले व्यक्तिका नाममा दर्ता गर्ने, कार्यालयको नक्सा स्रेस्ता केरमेट गर्ने, अवैधानिक रूपमा हेरफेर गर्ने तथा सच्याउने, गैरकानुनी नक्सा स्रेस्ता तयार गर्ने/गराउनेलगायत कार्य गरेको विज्ञप्तिमा जनाइएको छ ।

आरोपीले नेपाल सरकारलाई ठूलो मात्रामा प्रत्यक्ष हानी, नोक्सानी र आफूहरूलाई प्रत्यक्ष लाभ पुर्याउने कार्य गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरहरू गरेको तथ्य पुष्टि भएकाले आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस