वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन


४ असार २०७५, सोमबार


काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्त नलीको क्यान्सरबाट ग्रसित देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा ५ः३५ बजे निधन भएको हो ।

उनले स्थापना गरेको बाँसबारी न्युरो अस्पतालले उनको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।

२०१० साल पौष ४ गते पण्डित गाउँ, लिगलिग गोर्खामा जन्मिएका देवकोटाको ६५ वर्षको उमेरमा निधन भएको हो ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए। बेलायतमा उपचार गराईरहेका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए ।
नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका डा. देवकोटले स्वास्थ्य मन्त्री हुँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए।

डा.देवकोटाको सव मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म न्युरो अस्पताल प्राङ्गणमा राखिने र त्यसपछि दाहसस्कारका लागि पशुपति आर्यघाट लगिने बताइएको छ । देवकोटाका एक श्रीमती र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस