कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड


४ असार २०७५, सोमबार


काठमाडौं । कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाले बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिएकी हुन् ।

उनले भनिन् “काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ, संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा काँग्रेस कमजोर प्रतिपक्षका रुपमा देखिएको छ ।” ।

काँग्रेस हैकमवादी प्रवृत्तिले चल्न नसक्ने भएकाले पार्टी भित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको भन्दै उनले बिपी कोइरालाको विचारलाई अगाडि बढाउने व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा जोड दिइन् ।

उनले स्थानीय तहसम्म पार्टी संरचना लैजानुपर्नेमा अहिलेसम्म पुग्न नसकेको बताइन् ।

नेत्री कोइरालाले युवालाई तालीम दिएर संगठन निर्माणमा लाग्नु काँग्रेसको प्रमुख काम भएको समेत उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस