गोलाप्रथाद्वारा महिला सांसदको पदावधि निर्धारण, कसको कति बर्ष कार्यकाल रहने ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोलाप्रथाद्वारा महिला सांसदको पदावधि निर्धारण, कसको कति बर्ष कार्यकाल रहने ?


४ असार २०७५, सोमबार


काठमाडौं । राष्ट्रियसभा महिला सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि मिलेको छ ।

त्यस्तै, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली र तारादेवी भट्टको पदावधि चार वर्ष कायम भएको छ ।

यसैगरी सदस्यहरु सरिता प्रसार्इं, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, मीना बुढा, युटोल तामाङ र कमलाकुमारी ओलीको गोलाप्रथा छनोट प्रणालीबाट दुई वर्ष पदाधिकारी कायम भएको छ । रासस

प्रतिक्रिया दिनुहोस