काठमाडौं । विश्वकप फुटबलमा आइतबार तीन खेल हुँदैछन् । समूह ‘ई’ का दुई र समूह ‘एफ’को एक खेल गरी आज तीन खेल हुँदैछन् ।
समूह ‘ई’ बाट पहिलो खेलमा कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् भने नेपाली समय अनुसार साँझ ५ः४५ मा खेल शुरु हुनेछ ।
समूह ‘ई’ कै अर्को खेलमा ब्राजिल र स्विजरल्याण्ड प्रतिस्पर्धा गर्ने छन् यो खेल राति ११ः४५ बजे हुनेछ ।
समूह ‘एफ’मा जर्मनी र मेक्सिको भिड्दै छन् । यी दुई टोलीको खेल नेपाली समय अनुसार राति ८ः४५ मा शुरु हुनेछ ।