सरकारी कर्मचारीले अवकाशको दुई वर्षसम्म गैर सरकारी संस्थामा काम गर्न नपाउने : मन्त्री पण्डित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सरकारी कर्मचारीले अवकाशको दुई वर्षसम्म गैर सरकारी संस्थामा काम गर्न नपाउने : मन्त्री पण्डित


३ असार २०७५, आइतबार


पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले अवकासको दुई वर्षसम्म गैरसरकारी संस्थामा काम गर्न नपाउने बताएका छन् । सरकारी कर्मचारीले अवकास पाउनेबित्तिकै एनजिओ तथा आइएनजिओमा काम गर्दा राष्ट्रको सूचना दुरुपयोग हुने गरेको उनले बताए ।

‘माथिल्लो पदका कर्मचारीहरूले रिटायर्ड भएकै दिन अर्को गैरसरकारी कार्यालयमा साइनबोर्ड झुन्ड्याइसकेका हुन्छन् । उनीहरूसँग सबै सूचनाको अपडेट हुन्छ । अनि त्यो सूचनाहरू आइएनजिओहरूले प्रयोग गर्छन्,’ मन्त्री पण्डितले भने । यसले सूचनाको दुरुपयोग भएको उनको भनाइ छ । उनले थपे, ‘हाम्रो उद्देश्य सूचना नजाओस् र त्यसको प्रतिफल राष्ट्रले नै पाओस् भन्ने हो ।’

उनले सरकारी कर्मचारीलाई अवकासपछि देशमै काम गर्ने व्यवस्था मिलाउने बताए ।

कतिपय कर्मचारीमा काठमाडौंमै सेवा गर्न पाए हुन्थ्यो भन्ने मानसिकता रहेको उनले बताए । ‘देश भनेको काठमाडौं मात्रै होइन, हुम्ला, जुम्ला मुगु, मनाङ, मुस्ताङमा पनि जनता छन् । सरकारले त्यहाँ पनि सेवा गर्नुपर्छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस