गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


२ असार २०७५, शनिबार


यो सबै राता, पहेँला, निला, हरिया चाहिन्छ,
मिलेर बचाउनुपर्छ सबैलाई दुनियाँ चाहिन्छ ।

मलाइ सानो देख्नेहरूले यो कुरा सोचिदिनु,
रुख उम्रनका लागि पनि त बियाँ चाहिन्छ ।

मुखले ठूला भाषण दिएर पेट भरिन्न साथी,
अन्ततः जिन्दगी चलाउन रूपैयाँ चाहिन्छ ।

जसको हातबाट सिन्का भाँचिन्न, उसैलाई,
रातमा मदिरा चाहिन्छ सबेरै चिया चाहिन्छ ।

व्यवस्था बदलिँयो, सोच बदलिएन कहिल्यै,
देश हाक्न अझै हामीलाई माफिया चाहिन्छ !

प्रतिक्रिया दिनुहोस