सात प्रदेशमा ‘प्रदेश लोक सेवा आयोग’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सात प्रदेशमा ‘प्रदेश लोक सेवा आयोग’


१ असार २०७५, शुक्रबार


संघीय निजामती सेवा

काठमाडौं । सरकारले सात प्रदेशमा ‘प्रदेश लोकसेवा आयोग’ स्थापना गर्ने भएको छ । प्रदेश आयोगको नेतृत्व सहसचिवलाई दिने सरकारको तयारी छ ।

अञ्चलमा रहेका कार्यालयहरूले अब ‘परीक्षा व्यवस्थापन’ गर्नेछन् । ती कार्यालयहरूले साविककै जिल्लाहरू हेर्ने लोकसेवाले जनाएको छ ।

यी कार्यालयले प्रदेश लोकसेवा आयोग र संघीय लोकसेवा आयोगसँग समन्वय गरेर संघीय निजामती सेवाका लागि परीक्षा सञ्चालन गर्छ । साथै त्यसको विधि प्रक्रिया सिकाउने काम पनि सो कार्यालयले गर्नेछ ।

लोकसेवा आयोगका कार्यालयहरूको कार्यविभाजन पनि गरिएको छ । अब संघीय लोकसेवा आयोगले सहसचिव र उपसचिवको परीक्षा मात्र केन्द्रले लिनेछ । शाखा अधिकृत र सुब्बा सरहको परीक्षा प्रदेश लोकसेवाहरूले गर्नेछन् । जिल्लास्तरमा रहने कार्यालयहरूले कार्यक्षेत्र निश्चित गरी खरिदार वा सो सरहका परीक्षा लिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस