विश्वकप २०१८: आयोजक रसियाको शानदार सुरुवात « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विश्वकप २०१८: आयोजक रसियाको शानदार सुरुवात


प्रशासन विशेष ब्युरो

३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराउँदै घरेलु टिम रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ । उद्घाटन खेलमै ५ गोल गरेको रसियाले महत्वपूर्ण ३ अंक जोडेको छ।जुन रसियाका लागि वहुमुल्य हुनेछ ।

बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियाले १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । खेलको ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २–० को अग्रता लियो । रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १÷१ गोल गरे ।

प्रतिक्रिया दिनुहोस