लोकदोहोरी गीत प्रतिष्ठानको तदर्थ समिति « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोकदोहोरी गीत प्रतिष्ठानको तदर्थ समिति


३१ जेष्ठ २०७५, बिहिबार


टीकापुर – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल क्षेत्र नं. १ कैलालीको तदर्थ समिति गठन भएको छ ।

भरत प्रसाद उपाध्यायको अध्यक्षतामा समिति गठन भएको हो । समितिको प्रथम उपाध्यक्षमा मिना न्यौपाने, द्वितिय उपाध्यक्षमा हेमराज अधिकारी, सचिवमा सागर विष्ट, सहसचिवमा एकेन्द्र खनाल, कोषाध्यक्षमा अस्मिता भुल चयन भएका छन् । सदस्यहरुमा राज केसी, सरस्वती वन, सरस्वती जोशी, मनिषा भुल, सुरेन्द्र शाह, जीवन विक, टीका जैसी रहेका छन् ।

समितिले सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा दलबहादुर बोगटी, नवराज रिमाल, झनक तिमिल्सेना रहेका छन् ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष दलबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका प्रदेश नम्वर सातका संयोजक सुरत रावत ‘डोटेली कान्छा’ प्रमुख अतिथि रहेका थिए भने सेतिअञ्चल संयोजक पदम धामी विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा नवराज रिमाल, भानुभक्त जैसी, भक्तराज देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस