पचास हजार लिटर घरेलु मदिरा नष्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पचास हजार लिटर घरेलु मदिरा नष्ट


३० जेष्ठ २०७५, बुधबार


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले ५० हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । परिसरले काठमाडौंका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा आज नष्ट गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले काठमाडौंलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा उक्त मदिरा बरामद भएको बताए । “काठमाडौंका विभिन्न वृत्त र प्रभागबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौँ,” उनले भने । “घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरु हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ । ”

घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पु¥याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस