ट्रम्प र किमबीच चार बुँदे सम्झौता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ट्रम्प र किमबीच चार बुँदे सम्झौता


२९ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनले चार बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मंगलबार सिंगापुरमा भएको भेटवार्तापछि उनीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रको पहिलो बुँदामा अमेरिका र उत्तर कोरिया दुवै देशका जनताको शान्ति र समृद्धिको चाहना अनुरूप नयाँ सम्बन्ध स्थापना गर्ने उल्लेख छ । दोस्रोमा कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने उल्लेख छ भने तेस्रोमा उत्तर कोरियाले सन् २०१८ अप्रिल २७ मा भएको पान्मुन्जोम घोषणा दोहोर्याउँदै कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणको प्रक्रियामा अगाडि बढ्ने उल्लेख छ ।

चौथो बुँदामा अमेरिका र उत्तर कोरियाले युद्धका बेला बनाइएका बन्दीहरूलाई दुवै देशले क्रमशः रिहा गर्ने र पहिचान भइसकेका बन्दीहरूलाई भने तुरुन्तै रिहा गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस