एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि


२८ जेष्ठ २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपीएफ क्लबले जितेको छ ।

सोमबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ बिच खेलमा आर्मीलाई ६ विकेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । उसले उपाधिसँगै २० लाख हात पारेको छ ।

यसअघि सेमिफाइनल खेलमा आर्मीले प्रदेश नम्बर ५ लाई १ सय ५४ रन र एपीएफले नेपाल पुलिसलाई डकवर्थ लुइसका आधारमा ९ रनले स्तब्ध बनाउँदै उपाधि यात्रा तय गरेका थिए।

प्रतिक्रिया दिनुहोस