ट्रम्पसँग वार्ताका लागि सिंगापुर पुगे किम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्रम्पसँग वार्ताका लागि सिंगापुर पुगे किम


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।

किम र ट्रम्पबीच पहिलोपटक सिंगापुरको सेन्टोसा आइल्याण्डस्थित होटल क्यापेलामा यही मंगलबार भेटवार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा किम ओर्लिएका थिए भने उनलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका थिए ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस