शैक्षिक महायज्ञमा दुई करोड ६१ लाखबराबरको आम्दानी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शैक्षिक महायज्ञमा दुई करोड ६१ लाखबराबरको आम्दानी


२७ जेष्ठ २०७५, आइतबार


पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाको रिङ्नेरहमा रहेको पूर्वखोला उद्धबुद्ध माध्यमिक विद्यालय तथा कलेजको शैक्षिक गुणस्तर वृद्धिका निम्ति सञ्चालित महायज्ञमा दुई करोड ६१ लाखबराबरको आम्दानी भएको छ ।

गत वैशाख ९ देखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा उठेको जिन्सी तथा नगद गरी दुई करोड ६१ लाख ८९ हजार २८४ बराबरको आम्दानी र २२ लाख ९७ हजार ७८० खर्च भएको महायज्ञ आर्थिक समिति सदस्य शिवलाल अधिकारीले जानकारी दिए ।

पूर्वखोला गाउँपालिका वडा नं ३ का अध्यक्ष नीलकण्ठ भट्टराईले महायज्ञबाट उठेको रकम विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्न सुझाब दिए । रासस

प्रतिक्रिया दिनुहोस