गजल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गजल


२६ जेष्ठ २०७५, शनिबार


सम्झेर सपना अधुरा चित्त नदुखाऊ प्रिय
हुन्छन् कुनै दिन पूरा चित्त नदुखाऊ प्रिय

अभावको उपचार खोज्दै को कहाँ पुगेन
पढ मुना मदनका कुरा चित्त बुझाऊ प्रिय

टाल्नेछु चुहिने छानो फेरिन्छ उध्रेको चोली
ल्याउछु पोते र चुरा चित्त नदुखाऊ प्रिय

बुढेसकालमा हाम्रो पनि उस्तै हुनेछ गति
सम्हाल सासू र ससुरा चित्त नदुखाऊ प्रिय

जो कर्मलाई घृणा गरी गिज्याउँदै हिँड्छ
तिनै हुन् दिलका साँघुरा चित्त नदुखाऊ प्रिय ।

प्रतिक्रिया दिनुहोस