नेविसंघद्वारा विरोध प्रदर्शन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेविसंघद्वारा विरोध प्रदर्शन


२५ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि संघले आज उपत्यकाकास्थित पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, अस्कल क्याम्पस, सरस्वती क्याम्पस, मीनभवनलगायतका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले लगातार रुपमा मूल्यवृद्धि गरेपछि नेविसंघले विरोधस्वरुप उपत्यकालगायत मुलुकका सबै क्याम्पसअगाडि विरोध प्रदर्शन गर्नुपरेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए ।

‘पेट्रोलियम पदार्थमा भएको पटक/पटकको मूल्य वृद्धिले दैनिक उपभोग्य वस्तुका भाउ आकासिएको छ,जनजीविका अत्यन्तै कष्टकर भएको छ, त्यसैले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने हाम्रो माग हो,‘–उनले भने।

यस्तै नेविसंघले जेठ २६ मा सबै जिल्लामा मसाल जुलुस निकाल्ने, २७ गते देशभरिका सबै क्याम्पस अगाडि सरकारी तथा संस्थानका सवारी साधन गुड्न नदिने कार्यक्रम विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस