काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत


२४ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् ।

सभापति देउवाले आज उनीहरुलाई काँग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजै सभापति देउवाले पार्टी विधानको धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौं), तीर्थराम डंगोल (काठमाडौ) र हिरादत्त भट्ट (कैलाली) लाई काँग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस