जब प्रधानमन्त्रीले भुईँ सफा गरे(भिडियोसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जब प्रधानमन्त्रीले भुईँ सफा गरे(भिडियोसहित)


प्रशासन विशेष ब्युरो

२३ जेष्ठ २०७५, बुधबार


काठमाडौँ । नेदरल्याण्डसका प्रधानमन्त्री मार्क रुटको एउटा भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

कफी समातेर संसद् बैठक कक्षतर्फ प्रवेश गर्दै गर्दा अचानक पोखिएको कफी प्रधानमन्त्री मार्कले आफैँले सफा गरेको भिडियो भाइरल बनेको हो ।

भित्री ढोकामा ठोक्किए भुइँमा पोखिएपछि मार्कले गिलास उठाए र सरसफाई गर्ने एक कर्मचारीको हातबाट भुईँ पुछ्ने ुमपु लिएर सफा गर्न थाले। प्रधानमन्त्रीले भुईँ सफा गरिरहँदा संसद भवनका क्लीनर्सहरुले ताली बजाउँदै उनको तारिफ गरे।

भुईँ सफा गर्न झाडू र रुमाल प्रयोग गरेका उनले एक जना क्लीनरले झाडू खोस्न खोजेपनि प्रधामन्त्री मार्कले मानेनन्।

डज कुटनीतिज्ञ सिज भेन भिकले राखेको उक्त भिडियो मंगलबार सामाजिक सञ्जालमा पोष्ट गरेका थिए। जुन विश्वभर भाइरल बन्यो ।

प्रधानमन्त्री मार्क रुटको उक्त कार्यको चौतर्फि प्रंशसा भईरहेको छ । ५१ वर्षीय अविवाहित प्रधानमन्त्री रुट विगत ८ वर्षदेखि सत्तामा छन्।

हप्ताको दुई घण्टा एउटा माध्यमिक विद्यालयमा अध्यापन समेत गराउने प्रधानमन्त्री रुटको यो कार्य उत्कृष्ट नेतृत्वको नमुना हो ।

प्रतिक्रिया दिनुहोस