लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

लोक सेवा सम्बन्धी वस्तुगत र छोटा प्रश्नोत्तर


२३ जेष्ठ २०७५, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. एसिया प्रशान्त प्रारम्भिक बालविकास सञ्जाल र प्रारम्भिक बाल स्याहार  तथा शिक्षा नीतिसबन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरियो ?
–काठमाडौं

२. नेपाल सरकारले कुन अवधिभित्र ‘साक्षर नेपाल’ घोषणा गर्ने लक्ष लिएको छ ?
– आगामी दुई वर्षभित्र (आ.व. २०७५ ७६ को बजेटमार्फत)

३. केपी शर्मा ओली नेतृत्वको सरकारमा सङ्घीय समाजवादी फोरम नेपाल कहिले सहभागी भएको हो ?
-वि.सं.२०७५जेठ १८
—संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उप प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विककास मन्त्रीमा नियुक्त भएका ।
—यसैगरी, रक्षामन्त्री ईश्वर पोखरेल उप प्रधानमन्त्री र सञ्चारमन्त्री गोकुल बास्कोटा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका ।

४. नेपाललाई हिमालय प्रवेशको देशका रुपमा विश्वभर परिचित गराउने उदेश्यसहित हिमालयन ट्राभल मार्ट काठमाडौंमा कहिले सम्पन्न भयो ?
– वि. सं. २०७५ जेठ १८–२० (नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा हिमालयन ट्राभल मार्टको दोेस्रो संस्करण काठमाडौंमा सम्पन्न भएको ।)

५. नेपाल भारत प्रवुद्ध व्यक्ति समुह (इपीजी) को नवौं बैठक कहिले तय गरिएको छ ?
–वि.सं.२०७५ असार १५–१६ (वि.सं.२०७५ जेठ १८–२० सम्म हुने भनिएको इपीजी बैठकको मिति सारेर असार १५–१६ तय गरिएको । इपीजीको म्याद २०७५ असार २० सम्म तोकिएको )

६. प्रदेश नं. ४ मा लाई के नामकरण गरिएको छ ?
–गण्डकी प्रदेश (वि.सं. २०७५ जेठ २१ ग्तेको प्रदेशसभा बैठकमा दुई तिहाई भन्दा बढी सदस्यले ‘गण्डकी प्रदेश’ नामकरण मत जाहेर गरेका । त्यस्तै, प्रदेशको राजधानी पोखरा राख्न सहमति सहितको सुभाव दिएका ।)

७. नेपाल र सेन्टकिट्स एन्ड नेभिसबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएो हो ?
–सन् २०१८ मे ३०
–नेपाल सँग कुटनीतिक सम्बन्ध कायम गर्ने सेन्ट किट्स एन्ड नेभिस १५९ औँ राष्ट्र बनेको ।
–वेस्ट इन्डिजमा अवस्थित टापु मुलुक सन् १९८३ मा बलायती उपनिवेशबाट स्वतन्त्र बनेको

८. मुलुककै जेठो ‘राष्ट्रिय संग्रहालय’ कहाँ रहेको छ ?
–छाउनी, काठमाडौं
(१८ हजारभन्दा बढी महत्वपूण एवं विश्वकै दुर्लव कला तथा वस्तुको सङ्ग्रह रहेको यो सङ्ग्रहालय वि.सं. १९५ फागुन१ देखि शुल्क लिएर सर्वसाधारणका लागि खुला गरिएको)

९. विश्वकै पहिलो जिरो कार्वन सिटी कुन शहरलाई घोषित गरिएको हो ?
–युएईको मस्दार शहर

१०. बाघ गणना र गैँडा गणना कति कति वर्षमा गर्ने गरिएको छ ?
–४/४ वर्ष

विषयगत प्रश्नोत्रर

१. नेपालको संविधानले कस्ता नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा ४३ ले देहायका नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ :
क. आर्थिक रुपले विपन्न नागरिक,
ख. अशक्त र असहाय अवस्थामा रहेका नागरिक,
ग. असहाय एकल महिला,
घ. अपाङ्गता भएका नागरिक,
ङ. बालबालिका,
च. आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिक,
छ. लोपोन्मुख जातिका नागरिक ।

२. व्यवस्थापन सूचना प्रणली भन्नाले के बुझिन्छ ? कार्यालयमा यसको आवश्यकता र महत्व के छ ? उदाहरणसहित स्पस्ट गर्नुहोस् ।
व्यवस्थापनले कार्यालयमा विभिन्न व्यवस्थापकिय कार्य तथा सोसँग सम्बन्धित धेरै निर्णयहरु गर्नुपर्ने हुन्छ । कार्यालयमा व्यवस्थापनले योजना तर्जुमागर्ने, निर्णय गर्ने, नीति निर्माण गर्ने, निर्देशन दिने, अनुगमन गर्ने लगायतका कार्य गर्नुपर्ने हुन्छ । व्यवस्थापनलाइ यस्ता कार्य सम्पादन गर्नको लागि सूचना तथा तथ्याङ्कको आवश्यकता पर्छ । व्यवस्थापनलाई आवस्यक पर्ने यस्ता सूचना एवं तथ्याङ्क सङ्कलन गर्ने, प्रशोधन गर्ने र व्यवस्थापन समक्ष पेश गर्न कार्यालयमा एक छुट्टै संयन्त्र हुन्छ, यसलाई व्यवस्थापन सूचनाप्रणली (Management Information System-MIS) भनिन्छ ।

कार्यालयमा यसको आवस्यकता
व्यवस्थापनका हरेक क्रियाकलाप निर्णय तथा योजनामा आधारित हुन्छन् । निर्णय तथा योजनाका हरेक प्रक्रिया सूचनामा आधारित हुन्छन् । तथ्यपरक निर्णय तथा व्उवहारिह योजना कार्यालयमा व्यवस्थापन सफलताका सूचक हुन् । सूचना तथा तथ्याङ्क व्यवस्थापनको मेरुदण्ड र मस्तिष्क दुवै हो । यसले Institutional Memory कायम गर्न, यथार्थपरक योजना तर्जुमागर्न तथा भरपर्दो निर्णय गर्न सहयोग गर्छ । व्यवस्थापनलाई यसले विगत र वर्तमानको तुलना गरी भावी रणनीति तय गर्न मदत गर्छ । जस्तैः चालू वर्षको मौद्रिक नीति तर्जुमा गर्न नेपाल राष्ट्र बैङ्क र चालू वर्षको वार्षिक बजेट तर्जुमा गर्न अर्थ मन्त्रालयलाई आवश्यक पर्ने विगत र वर्तमानको आर्थिक अवस्थाको यथार्थ सूचना तथा तथ्याङ्क उपरोक्त निकायमा हुने यस्तै संयन्त्रले उपलब्ध गराउँछ ।
कार्यालयमा यसको महत्व
–भरपर्दो सूचना सजिलै र तुरुन्तै प्राप्त गर्नमा सहयोग,
–छरिएका सूचनालाई एकीकृत गरेर सुरक्षित भण्डारण,
–सूचना प्रवाहको सुनिश्चितता,
–सूचनाको प्राप्ति र प्रयोगमा मितिव्ययिता,
–शिघ्र निर्णयकालागि सहयोग ,
-कार्यालयको प्रगतिविवरण बनाउन आधार ।

अर्थ मन्त्रालयले आफूमा भएको सूचना संयन्त्रको सहयोगबाट वार्षिक बजेट निर्माणको साथसाथै बजेटको अर्धवार्षिक तथा वार्षिक मूल्याङ्कन गर्ने, मन्त्रालयगत प्रगति विवरण तयार गर्ने, आर्थिक सर्वेक्षण गर्ने लगायतका कार्य गर्दै आएको छ । यसै गरी नेपाल सरकारका अरु मन्त्रालय, विभाग तथा निकायले पनि सूचना संयन्त्रको सहयोग लिएर विभिन्न व्यवस्थापकीयि कार्य गर्दै आएका छन् ।

३. नेपालमा सामाजिक द्वन्द्वका कारण, त्यसको प्रभाव र द्वन्द्व व्यवस्थापनका उपाय उल्लेख गर्नुहोस् ।
नेपाली समाज विविधतामा एकता भएको समाज हो तैपनि नेपालमा व्यक्तिव्यक्ति बीच द्वन्द्व , परिवारमा द्वन्द्व, समुदायमा द्वन्द्व, राजनीतिक पार्टी बीच द्वन्द्व, यातायात बन्द नेपाल बन्द, छुवाछुत भेदभाव आदि जस्ता द्वन्द्व देखिएको पाइन्छ । नेपालमा देखिने यस्ता सामाजिक द्वन्द्व खासगरी आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिकलगायतका कारणले भएको पाइन्छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
–रोजगारीको अवसर नहुनु,
–आर्थिक असमानता बढ्दै जानु,
–असल सामाजिक संस्कारको पालना नहुनु,
–मादक पदार्थको जथाभावी सेवन गर्नु, यसको नियमन प्रभावकारी हुन नसक्नु,
–सामाजिक न्यायको अभाव हुनु,
–शिक्षाको कमी, जनचेतनाको कमी,
समाजिक द्वन्द्वको प्रभाव
सामाजिक द्वन्द्वले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्छ। इसको प्रभाव निम्न हुन्छ :
सकारात्मक प्रभाव
–सामाजिक एवं आर्थिक परिवर्तनमा सहयोग,
–समाजमा चेतनामा अभिवृद्धि,
–सामाजिक न्यायको प्रवद्र्धन,
–भ्रष्टाचार निवारणमा सहयोग,
नकारात्मक प्रभाव
–समाजमा शान्ति व्यवस्थामा खलल पुग्ने,
–चोरी, हत्या, अपहरणका घटना बढ्न जाने,
–सामाजिक मूल्य मान्यतामा ह्रास आउन सक्ने,
–समाजमा कुसंस्कारको जन्म हुने ।
द्वन्द्व व्यवस्थापनका उपाय
–सामाजिक द्वन्द्वको पहिचान गरी सो अनुरुपका उपाय अवलम्वन गर्ने,
–जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने,
–सहमति सम्झौता तथा सहकार्यको बाटो अवलम्बन गर्ने,
–नीति, योजना एवं कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सरोकारवालको सक्रिय र सार्थक सहभागिता गराउने,
–सामाजिक न्यायको आधारमा उपलब्ध साधनस्रोतको वितरण गर्ने,
–रोजगारीका अवसर सिर्जन गर्ने,
–वर्गीय जातीय एवं लैङ्गिक शोषण्को अन्त्य गर्ने,
–सामाजिक विभेद एवं असमानता हटाउने ।
सामाजिक द्वन्द्व समाजको समस्या मात्र होइन, यो समाज परिवर्तनको आधार पनि हो । त्यसैले यसलाई विनासले होइन, सिर्जनाले अन्त्य गरिनु पर्छ । यसकालागि नेपालको वर्तमा शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा उल्लेख्य सुधार गर्नुपर्ने देखिन्छ ।


साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस