सिंहदरवारका सडकमा बन्यो जेब्राक्रसिङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिंहदरवारका सडकमा बन्यो जेब्राक्रसिङ


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । सिंहदरवारको दक्षिणी गेट अगाडिको सडकमा जेब्राक्रसिङ बनाइएको छ । प्रशासन डट कमले समाचार प्रकाशन गरेपछि सडक विभागले सिंहदरवार गेट अगाडि जेब्राक्रसिङ बनाएको हो । साता अघि  प्रशासन डटकमले सिंहदरवारका सडकमै छैन जेब्राक्रसिङ समाचार प्रकाशन गरेको थियो ।

जेब्राक्रसिङ बनेसँगै यस क्षेत्रका पैदलयात्रीले सहज महसुस गरेका छन् । यसअघि जेब्राक्रसिङ नहुँदा सिंहदरवारभित्र प्रवेश गर्ने दैनिक हजारौं पैदलयात्री जोखिम मोलेर सडक ओहोरदोहोर गर्दै आएका थिए । सिंहदरवार तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतलगायत महत्वपूर्ण कार्यालयहरू रहेका कारण यस क्षेत्रमा पैदलयात्रीको बाक्लो भीडभाड हुने गरेको छ ।

सडक विभागका प्रवक्ता मुक्तिनाथ गौतम जेब्राक्रसिङ बनेपछि पैदलयात्रीले सहज महसुस गरेको बताउँछन् । ‘यहाँ पहिले नै जेब्राक्रसिङ बनाउनुपथ्र्याे,’ उनले भने, ‘प्रशासन डट कमले समाचार प्रकाशन गरेपछि यसबारे सचेत भयौं । र, तुरुन्तै जेब्राक्रसिङ बनायौं ।’

जेब्राक्रसिङ बनेपछि पैदलयात्रीले सहज महसुस गरेका छन् ।

 

र यो पनि,

सिंहदरवारका सडकमै छैन जेब्राक्रसिङ

Tags :
प्रतिक्रिया दिनुहोस