उपचार गरेर फर्किएको भोलिपल्ट राष्ट्रकवि फेरी अस्पताल भर्ना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपचार गरेर फर्किएको भोलिपल्ट राष्ट्रकवि फेरी अस्पताल भर्ना


२० जेष्ठ २०७५, आइतबार


काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् ।

राष्ट्रकवि घिमिरे भारतको मेदान्त अस्पतालमा उपचार गरेर शनिबार दिउँसो स्वदेश फर्किएका थिए । उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे फेरी अस्पताल भर्ना भएका हुन् ।

अहिले राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

मुटु, मिर्गौला र फोक्सोको समस्या र आन्तरिक रत्तश्राव भएपछि घिमिरे जेठ ९ मा भारत गएका थिए ।

प्रतिक्रिया दिनुहोस