काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले २८ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ । समितिको शनिबार बसेको बैठकले बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । पुडासैनीले ८९.९२ प्राप्तांक पाएका छन् । दोस्रो र तेस्रो नम्बरमा सिफारिस हुनेमा क्रमशः प्रतापकुमार गुरुङ र विश्व अधिकारी छन् । गुरुङ र अधिकारीले क्रमशः ८७.९६ र ८७.७५ अंक पाएका छन् । सोही बैठकले ५५ इन्सपेक्टरको बढुवा सिफारिस पनि गरेको छ ।
हेर्नुस् बढुवा सिफारिसको सूची :