देश चिन्तन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देश चिन्तन


१९ जेष्ठ २०७५, शनिबार


एक मुठी सास बोकेर बाँचेको यो प्राणी
भोलि सकिन्छ, जलेर हुन्छ खरानी
दम्भ, ईष्या, क्रोधका पर्खाल भत्काउनेछु
अहम् जिन्दगीहरूसँग म सधैं डराउनेछु
बनोस् भावना सबैको आँखाको नानी
ए आकाश, ए धर्ती तिमी मेरा प्राण हौं
तिमीविना म मेरो जिन्दगीबाटै हराउनेछु

म धर्तीको दुई दिनको पात्र हुँ तर यहाँ
आफूलाई अजमरी ठान्नेहरूको भीडमा छु
मेरो जिउनुको दिनचर्या कसलाई थाहा
उनीहरूको ज्याजतिका आगाका रापहरूले मलाई पोलिरहेछ
म आफ्नो नश्वर जिन्दगी वायुमण्डलमा उडाउनेछु
म अनुशासनको पात्र बनूँ पलपल
म ठुलाबडाको निगरानी मन पराउनेछु
रातको सन्नाटामा घनिष्ठ मित्र बनेको छ सिरानी
उसैसित म देश दुखेको नयाँ खबर सुनाउनेछु

आमा तिम्रो छाती टेकेर नाँच्ने व्यासाहरू
तिम्रा अङ्ग अङ्ग चिरफार गर्दै भागबन्डामा रित्याउँदैछन्
तिनीहरूलाई तिमीले गलहत्याउँदै फ्याक्नुपर्छ अब आमा
म शान्ति र विकासको शंख ध्वनि बजाउनेछु ।
फेरि एकपटक
देश विकास र शान्तिको अभिष्ट कामना गर्दै
यो पवित्र भूमि नेपालमा शान्तिका परेवा उडाउनेछु ।।

Tags :
प्रतिक्रिया दिनुहोस