बढ्दो साइबर अपराध, दश महिनामा एक हजार १७६ घटना दर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बढ्दो साइबर अपराध, दश महिनामा एक हजार १७६ घटना दर्ता


१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । उपत्यका लगायत देशभर साइबर अपराधका घटना बढीरहेका छन् ।

सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको महानगरीय अपराध महाशाखाले जनाएको छ । चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् ।

साइबर अपराधमध्ये चालू आवको १० महिनामा ५४ जनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाले जानकारी गराएको छ ।

सामाजिक सञ्जालमा ३७, पासपार्ट ह्याकिङ गर्ने दुई, एसएमएस गरेर धम्की दिने ११, चिट्टा प-यो भनेर ठगी गर्ने तीन र युट्युबमा अनावश्यक कुरा राखेर चरित्र हत्या गर्ने दुईजनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

साइबर अपराधमा लाग्नेमध्ये सबैभन्दा धेरै व्यक्ति १२ वर्षदेखि ४५ वर्षसम्मका रहेको महाशाखाले जनाएको छ । आवमध्ये चार वर्षको तथ्यांकलाई हेर्दा आव २०७१/०७२ मा ३०५, आव २०७२/७३ मा ८३० र आव २०७३/०७४ मा एक हजार १९७ मुद्दा महाशाखामा दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस